शेखर समूहको बैठक बस्दै « Khabarhub

शेखर समूहको बैठक बस्दै


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले आफूनिकटलाई छलफलका लागि बोलाएका हुन्।

महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लडेकालगायतका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारअगाडि बसेरा होटलमा दिउँसो २ बजे सुरु हुनेछ। आजको बैठकको तयारी भन्दै उनीहरु मंगलबार पनि छलफलमा जुटेका थिए।

सभापति देउवा एकलौटी हिसावले अघि बढेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको संकेत देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरूले बताएका छन्।

उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल तथस्ट बस्ने भने पनि देउवाको सहयोगी बनेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : १५ बजे

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज) जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ