फर्स्ट लुकमा भानु प्रतापको ‘पर्पला’ « Khabarhub

फर्स्ट लुकमा भानु प्रतापको ‘पर्पला’


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा बनेको फिल्म ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक भएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर निर्माण गरिएको यो हरर जनराको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ ।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो । फिल्मको दोस्रो चरणको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ ।

निर्माता तथा कलाकार भानु प्रतापले फिल्म ‘पर्पला’ निर्माण गरेका हुन् । भानुले यसअघि नेपाली फिल्म ‘लालटिन’ निर्माण गरिसकेका छन् । मनोजले भने अष्ट्रेलियामा बनेको पहिलो नेपाली फिल्म ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए । उनले अष्ट्रेलियन फिल्म ‘गर्ल एडिक्टेड’ निर्देशन गरिसकेका छन् ।

फिल्म ‘पर्पला’मा पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त, प्रेक्षा अधिकारी, अष्ट्रेलियन कलाकार ओल्गा तमराको अभिनय छ । आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् ।

फिल्ममा अस्ट्रेलियन छायाकार कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवी अधिकारी र सरोजकुमार वाइबाको लगानी छ । फिल्ममा सरस्वती गौतम, सिर्जना ल्वागुन, भीमराज रसाइली, वचनकुमार मल्ल सह–निर्माता छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : १३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त