मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो « Khabarhub

मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा हिजोआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको बोट बिरुवाको काँटछाँटमा व्यस्त भएका हुन् ।

यस वर्ष समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा असिना पानीले स्याउ उत्पादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमी रहेको थियो । मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादनमा केही फड्को मार्ने छायाँनाथ रारा नगरपालिका–४ का सफल युवा कृषक मणिचन्द्र भामले बताए ।

उनका अनुसार विगतदेखि नै कृषि खेतीमा संलग्न छु, कृषि क्षेत्रबाटै जीविकोपार्जन गर्न सहयोग पुगेको छ । गएको वर्ष असिना पानीले गर्दा स्याउ उत्पादनमा केही कमी आएको थियो भने यस वर्ष समयमै हिमपात भएकाले उत्पादनमा वृद्धि हुने किसानको अपेक्षा छ ।

मुगुको ताल्चा, बाम, रोवा , खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १ : १५ बजे

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि