दोलखाका विद्यार्थीलाई नेवाः सुन्दरीको सहयोग « Khabarhub

दोलखाका विद्यार्थीलाई नेवाः सुन्दरीको सहयोग


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘मिस नेवाः’ र ‘लिटिल मिस नेवाः’हरुले दोलखाका विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधरभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री प्रदान गरिएको ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’को आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । नेप्लिज फेसन होम, मिस नेवाः, लिटिल मिस नेवाः, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको सहयोगमा नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर लगायतले ती सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी दिइयो । चिसोको समयमा बालबालिकाहरुलाई कपडा सहयोग गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : २९ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा