प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेपछि… « Khabarhub

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेपछि…


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरी नगरपालिका ७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका ५ घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले जाँच गर्दा प्रदेश ३–०२–००४ प ४९७४ नम्बरको मोटरसाइकलका चालक रोशन र मोटरसाइकलमा सवार केशवले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : १५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय