आज २०७८ साल माघ २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ २२ गते शनिबारको राशिफल


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ २२ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् फलादेश

मेष : आजको दिन सामान्य छ। आर्थिक क्षेत्रमा झुटको खेती गर्नेहरुको चाङ्गुल छ। सामाजिक क्षेत्रमा निकै राम्रो छ। धन, मानसम्मान प्राप्तीको योग छ। व्यापार व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने योग छ। राजनीति क्षेत्रमा भने धेरै साथीहरुको सहयोग मिल्ने योग छ।

वृष : दिन रम्रो छ। प्रतिस्पर्धीले समेत प्रशंसा गर्नेछन्। व्यापारमा फाइदा। विद्याको क्षेत्रमा सोचेको भन्दा बढी आँट जाँगर जोश बढ्नेछ। परीक्षाको नतिजामा सन्तोषजनक नम्बर आउनेछ। राजनीति क्षेत्रमा अनुभवको आधारमा गरेको कामले असफल पार्ने सम्भावना बढेको छ।

मिथुन् : धेरै राम्रो छ। विद्याको क्षेत्रमा उल्लेखनीय सफलता हात लागिहुनेछ। सामाजिक, पारिवारिक क्षेत्रमा समेत राम्रो सफलता हात लाग्ने योग रहेको छ। राजनीतिक क्षेत्रमा भने असफल हुने योग छ। सतर्क रहनुहोला।

कर्कट : आजको दिन राम्रै छ। न्यायपूर्वक कमाएको धनले आर्थिक भन्दा सामाजिक क्षेत्रमा आनन्दित हुने योग छ। राजनीतिक क्षेत्रमा भने टाढै रहेको राम्रो। वैदेशिक, शैक्षिक क्षेत्रमा भने सोचेर हात हाल्नुपर्नेछ।

सिंह : दिन राम्रै छ। आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा असफल रहे पनि राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो नै मान्नुपर्छ। विद्याको क्षेत्रमा जोश जाँगर बढ्नेछ। सफलता। प्रेमि प्रमिकासँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लगानी गर्न नडराउनुहोला। राजनीति र सामाजिक क्षेत्रमा भने लगानीले उतारचढाव ल्याउने सम्भावना छ। सोचेर मात्र अघि बढ्ने योग रहेको छ।

तुला : आजको दिन आर्थिक क्षेत्रमा हात नबढाउनुहोला। ठूलो घाटा हुने योग छ। पठनपाठनको क्षेत्रमा राम्रो अवसर रहेको छ। विद्याका लागि गरिने लगानीबाट गुणात्मक फाइदा हुने योग परेको छ। अन्य क्षेत्रमा भने सामान्य छ।

वृश्चिक : आफैले बोल्दा शब्दहरुको चाङ्ग्ुलमा पर्ने योग छ। अन्य क्षेत्रमा भने यथावत रहेपनि उद्योगको क्षेत्र निकै राम्रो र फाइदा हुने योग रहेको छ।

धनु : दिन राम्रो नै छ। दाजुभाई, भगिनी संस्थाबाट उल्लेखनीय सहयोग मिल्ने योग। आफैले न्यायपूर्ण गरेको लगानीबाट सन्तोष प्राप्त हुने योग छ। राजनीतिक, सामाजिक क्षेत्रमा भने सामान्य छ। सोचेर मात्र अघि बढ्नु उपयुक्त हुनेछ।

मकर : आजको दिन गरेको लगानीबाट राम्रै फाइदा हुने योग छ। सक्नुहुन्छ भने सेयर लगानी गर्नुहोला। बुवा आमाको आज्ञा पालना गर्दै अघि बढ्नुहोला। आफ्ना सहयात्रीबाट समेत सहयोग मिल्ने योग परेको छ। वैदेशिक र राजनीतिक क्षेत्रमा भने सतर्कता अपनाउनुपर्नेछ।

कुम्भ : आजको दिन राम्रो रहेको छ। बोलीमा मिठास छ। इष्टमित्रबाट स्याबासी पाइनेछ। राजनीतिक क्षेत्रमा भने सतर्कता अपनाउनुपर्नेछ।

मिन : दिन निकै राम्रो छ। चन्द्रमाले आफ्नै राशिमा भ्रमण गर्दै गरेकाले प्रभावशाली शब्दहरु स्फूरण हुने योग रहेको छ। राम्रो रचनाहरु तयार गर्ने इच्छा बढ्नेछ। विद्याको क्षेत्रमा विशेष लाभ प्राप्त हुने योग रहेको छ। गुरुको समेत प्रभाव रहेकाले शुभकार्यमा मन रहनेछ। हरेक क्षेत्रमा आफैभन्दा मान्यजनको आशिर्वाद लिएर अघि बढ्ने योग छ। वैदेशिक र राजनीतिक क्षेत्रमा भने त्यत्ति राम्रो छैन।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : १३ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा