वर्षा र हिमपातले जनजीवन प्रभावित : आजदेखि मौसममा सुधार « Khabarhub

वर्षा र हिमपातले जनजीवन प्रभावित : आजदेखि मौसममा सुधार


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार रातिदेखि लगातार परेको वर्षाले देभरको जनजीवन नराम्ररी प्रभावित भएको छ। आज पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन्।

बिहीबार रातिदेखि सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

यसकै प्रभावले अहिले पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् मानन्धरका अनुसार यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै गएकाले दिउँसोपछि पानी र हिउँ पर्न कम हुँदै जानेछ।

आज राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आइतबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सोमबार भने देशको उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानमा हल्का हिमपात हुने सम्भापना छ। अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ३१ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन