साउदीमा १ सय ५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण  « Khabarhub

साउदीमा १ सय ५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण 


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा  – कोरोना महामारीलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा १ सय ५१ जना नेपाली श्रमिकहरू लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

जुबैलस्थित गल्फ एसिया मेडिकल कम्प्लेक्समा आयोजना गरिएको एक दिने निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम राखिएको थियो।

उक्त निःशुल्क शिविरमा नेपाली श्रमिकहरूको कोलेस्ट्रोल लेभल, युरिक एसिड, मिर्गौला, ब्लड प्रेसर, सुगर, लिभर, भिटामिन-डि को परीक्षण गर्दै आवश्यक औषधी र विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवान, एनआरएनएका निवर्तमान अध्यक्ष तेज थापा, मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एनआरएनएले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ४२ बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा