साउदीमा १ सय ५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण  « Khabarhub

साउदीमा १ सय ५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण 


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा  – कोरोना महामारीलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा १ सय ५१ जना नेपाली श्रमिकहरू लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

जुबैलस्थित गल्फ एसिया मेडिकल कम्प्लेक्समा आयोजना गरिएको एक दिने निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम राखिएको थियो।

उक्त निःशुल्क शिविरमा नेपाली श्रमिकहरूको कोलेस्ट्रोल लेभल, युरिक एसिड, मिर्गौला, ब्लड प्रेसर, सुगर, लिभर, भिटामिन-डि को परीक्षण गर्दै आवश्यक औषधी र विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवान, एनआरएनएका निवर्तमान अध्यक्ष तेज थापा, मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एनआरएनएले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै