पेटको परम मित्र पुदिना « Khabarhub

पेटको परम मित्र पुदिना


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुदिना एक अत्यन्त सुगन्धित र सर्वप्रिय मसला हो । यसमा हुने एक प्रकारको मधुर सुगन्धयुक्त तैलीय सत्वबाट पिपरमेन्ट पनि बन्दछ ।

सबैले अनुभव गरेको कुरा हो कि पुदिनाले गर्मी मौसममा निकै उपयोगी मसलाको काम गर्दछ । यसले गर्मीबाट उत्पन्न रोगहरुबाट बचाउनुका साथै पेटमा शीतलता र सुरुचि प्रदान गर्दछ ।

यसको प्रयोग खाना, पेयपदार्थ, चटपटे आइटम तथा मुखशुद्धिका लागि समेत गरिन्छ । आयुर्वेदिक मान्यताअनुसार ‘लु’को प्रकोपमा, टाउको दुखेको बेला, शिरमा गर्मी चढेको बेला पुदिना मिश्रित चिसो (एक प्रकारको सर्वत) पेय बनाई खुवाउने गरे तुरुन्त बिसेक हुन्छ ।

– हैजा नियन्त्रण गर्न पुदिना अति उपयोगी औषधी हो ।
– मुटुको कमजोरी, न्यून रक्तचाप, श्वासप्रश्वाससम्बन्धी रोग तथा बाडुलीको समस्यामा पुदिनाको सेवन अत्यन्त लाभकारी हुन्छ ।
– मुखभित्र घाउ हुँदा र गिजा दुख्दा पुदिनाको पात पानीमा उमालेर कुल्ला गर्ने हो भने निकै राहत मिल्छ ।
– मुखको दुर्गन्ध तथा सास गन्हाउने रोगमा पुदिनाको सेवन लाभकारी मानिन्छ ।
– पाइल्स (अर्श), झाडापखाला तथा पेटसम्बन्धी रोग विरुद्ध पुदिना उत्तम उपचार हो ।

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ३० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित