अस्ट्रियाका प्रख्यात संगीतकार मोजार्टले सँगी तको कयौँ विधाहरुमा महारत हासल गरे । उनले ४१ सिम्फनी, ७ आँपेश, २७ पियानो कन्सर्ट र १७ पियानो सोनाटाको रचना गरे, जुन संगीतको अमूल्य धरोहर हुन् ।
उनको पिता पनि संगीतकार थिए र उनले ४ वर्षको उमेरमा नै मोजार्टलाई सँगीत सिकाउन थाले । ५ वर्षको उमेरमा मोजार्टले सँगीत रचना गर्न थाले । ७ वर्षको उमेरमा उनी आफ्नी बहिनीसँग संगती कार्यक्रम गर्नका लागि यूरोप गए ।
जीवनभरि उनको सँगी तको प्रतिभा सबैले माने, तर उनलाई कुनै यस्तो सम्पन्न संरक्षक वा राम्रो नोकरी मिलेन, जसले उनलाई सुरक्षा दिनसकोस् र उनले मनलगाएर सँगीत रचना लेख्न सकुन् । उनलाई तारिफ त खुब मिल्यो, तर धन मिलेन ।
उनले आफ्ना पिताको इच्छाविरुद्ध विवाह गरे, जसबाट उनका जीवनको अन्तिम दिनहरू आर्थिक रूपबाट अत्यधिक कष्टदायी भयो । पैसाको कमीका कारण उनको निकै अमूल्य समय नयाँ सँगीतको रचना भन्दा धनी महिलाहरुलाई सँगीत सिकाउन र लोकप्रिय रचना सुनाउनमा बरबाद भयो ।
मोजार्ट यति गरिब थिए कि उनी टुटेफुटेको कोठामा बस्थे, त्यसलाई न्यानो राख्न बाल्ने काठ किन्न सक्दैनथे । जब उनी रामबक दैवी संगीतको रचना गर्दथे, तब आफ्नो हातलाई न्यानो पार्नका लागि ऊनीको मोजा लगाउँथे । मात्र पैतीस वर्षको उमेरमा नै टी.बी. रोगका कारणले यी महान् सँगीतकारको मृत्यु भयो । उनको अन्त्येष्टिको दिन मौसम यति खराब थियो कि मात्र ६ जना मानिस थिए र जब मुसलधारे पानी पर्न थाल्यो उनीहरु पनि भागे ।
साभार : ‘सफलता’ पुस्तकबाट
प्रतिक्रिया