मोजार्टको सफलता सँगसँगै दुःख पीडा « Khabarhub

मोजार्टको सफलता सँगसँगै दुःख पीडा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रियाका प्रख्यात संगीतकार मोजार्टले सँगी तको कयौँ विधाहरुमा महारत हासल गरे । उनले ४१ सिम्फनी, ७ आँपेश, २७ पियानो कन्सर्ट र १७ पियानो सोनाटाको रचना गरे, जुन संगीतको अमूल्य धरोहर हुन् ।

उनको पिता पनि संगीतकार थिए र उनले ४ वर्षको उमेरमा नै मोजार्टलाई सँगीत सिकाउन थाले । ५ वर्षको उमेरमा मोजार्टले सँगीत रचना गर्न थाले । ७ वर्षको उमेरमा उनी आफ्नी बहिनीसँग संगती कार्यक्रम गर्नका लागि यूरोप गए ।

जीवनभरि उनको सँगी तको प्रतिभा सबैले माने, तर उनलाई कुनै यस्तो सम्पन्न संरक्षक वा राम्रो नोकरी मिलेन, जसले उनलाई सुरक्षा दिनसकोस् र उनले मनलगाएर सँगीत रचना लेख्न सकुन् । उनलाई तारिफ त खुब मिल्यो, तर धन मिलेन ।

उनले आफ्ना पिताको इच्छाविरुद्ध विवाह गरे, जसबाट उनका जीवनको अन्तिम दिनहरू आर्थिक रूपबाट अत्यधिक कष्टदायी भयो । पैसाको कमीका कारण उनको निकै अमूल्य समय नयाँ सँगीतको रचना भन्दा धनी महिलाहरुलाई सँगीत सिकाउन र लोकप्रिय रचना सुनाउनमा बरबाद भयो ।

मोजार्ट यति गरिब थिए कि उनी टुटेफुटेको कोठामा बस्थे, त्यसलाई न्यानो राख्न बाल्ने काठ किन्न सक्दैनथे । जब उनी रामबक दैवी संगीतको रचना गर्दथे, तब आफ्नो हातलाई न्यानो पार्नका लागि ऊनीको मोजा लगाउँथे । मात्र पैतीस वर्षको उमेरमा नै टी.बी. रोगका कारणले यी महान् सँगीतकारको मृत्यु भयो । उनको अन्त्येष्टिको दिन मौसम यति खराब थियो कि मात्र ६ जना मानिस थिए र जब मुसलधारे पानी पर्न थाल्यो उनीहरु पनि भागे ।

साभार  : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ४५ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम