आशिषले ल्याए ‘सानो सानो कुरामा’ | Khabarhub Khabarhub

आशिषले ल्याए ‘सानो सानो कुरामा’


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनुवारको शब्द तथा संगीत छ ।

शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको भिडियोमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको रोमान्स छ ।

भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमिल जोडीका रुपमा देखाइएको छ । उनीहरुबिचको असमझदारी भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका छन् ।

फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सलेगरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ५२ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको