लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक « Khabarhub

लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरे । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन्’, उनले भने ।

लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भए पश्चात उनलाई मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा विस्तारै सुधार भइरहेको बताएका थिए । त्यहीकारण उनलाई दुई दिन अघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिन अघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्रको जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पुजा गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : ५२ बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने