नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा « Khabarhub

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा हुने भएको छ । संघको केन्द्रीय समिति सचिवालयको गत साता बसेको बैठकले सातौँ राष्ट्रिय अधिवेशन आगामी चैत १८–१९ मा गर्ने निर्णय गरेको हो ।

अधिवेशन गर्न महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।

अधिवेशनस्थलको टुंगो छिट्टै लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले बताए ।

नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ४९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्