नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा | Khabarhub Khabarhub

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैतमा हुने भएको छ । संघको केन्द्रीय समिति सचिवालयको गत साता बसेको बैठकले सातौँ राष्ट्रिय अधिवेशन आगामी चैत १८–१९ मा गर्ने निर्णय गरेको हो ।

अधिवेशन गर्न महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।

अधिवेशनस्थलको टुंगो छिट्टै लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले बताए ।

नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ४९ बजे

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना