रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश « Khabarhub

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो ।

युक्रेनमा रहेको युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यास्थित परमाणु केन्द्रको भवनमा रुसी आक्रमणपछि आगलागी भएको थियो । रुसले परमाणु ऊर्जा केन्द्रलाई निशाना बनाएपछि पश्चिमा नेताहरुले यसको निन्दा गरेका हुन् ।

रुसी आक्रमणले आगलागी भए पनि त्यहाँ विकिरण भने नचुहिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

शुक्रबार जर्मन चान्सलरले एक घण्टा लामो फोन वार्ता गर्दै पुटिनलाई तत्काल युद्ध रोक्न आह्वान गरेका छन्। पुटिनले भने आफ्नो लक्ष्य पूरा गरेर छोड्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका