दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग  « Khabarhub

दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग 


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् ।

कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसकै आधारमा पक्राउ गरी जेल सजाय भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर अबुधाबीस्थित नेपाली दूतावासले गरेको उजुरीका आधारमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्दा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लङ्घन भएको जनाइएको छ ।

‘नेपालीहरूको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ प्रेस वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौँ।’

‘हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि न्यायोचित ढङ्गले लगाइएको साइबर अपराधको मुद्दा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न हामी नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष जोडदार माग गर्दछौ, उक्त वक्तव्यमा भनिएको छ ।

उनलाई दुबई अदालतले तीन महिना जेल सजाय हुने फैसला गरेको गरिसकेको छ । सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ।

उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ। उनले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिवाना तिर्नु पर्ने फैसला सुनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३९ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको