दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग  « Khabarhub

दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग 


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् ।

कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसकै आधारमा पक्राउ गरी जेल सजाय भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर अबुधाबीस्थित नेपाली दूतावासले गरेको उजुरीका आधारमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्दा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लङ्घन भएको जनाइएको छ ।

‘नेपालीहरूको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ प्रेस वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौँ।’

‘हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि न्यायोचित ढङ्गले लगाइएको साइबर अपराधको मुद्दा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न हामी नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष जोडदार माग गर्दछौ, उक्त वक्तव्यमा भनिएको छ ।

उनलाई दुबई अदालतले तीन महिना जेल सजाय हुने फैसला गरेको गरिसकेको छ । सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ।

उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ। उनले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिवाना तिर्नु पर्ने फैसला सुनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै