कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह  « Khabarhub

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह 


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार विदेश आउँदा चर्को ब्याजमा ऋण लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, नेपाल फर्किन चाहे पनि सहजै फर्किन नसक्ने, कम्पनी, म्यानपावर, एजेन्ट, वैदेशिक रोजगार विभाग लगायतका निकायहरूमा आफ्नो कुरा राखे सुनुवाइ हुँदैन ।

‘नेपाल फर्कन नसक्ने अवस्थामा अधिकांश नेपालीहरू भागेर काम गरिरहेका सर्बबिद्दितै छ । तर भागेर काम गर्नु साउदीमा गैर कानुनी रहेको र यहाँ रहँदा कुनै पनि व्यक्तिगत समस्याहरू आउँदा कहीँ कतै (चाहे कम्पनीबाट होस् या त नेपाल सरकारबाट होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भागेर काम नगर्न सबैमा अनुरोध गर्दछौँ, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भागेर काम गर्नुपर्ने बाध्यता भए पनि विदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अवलम्बन नगर्न, जस्तो सुकै समस्या परे पनि त्यसलाई सामना गर्न धैर्य गर्ने र आफूलाई परेको समस्या सम्बन्धित निकायहरूमा जानकारी गराई पहल अनुरोध गर्ने गर्नु नै उचित हुने सङ्घले जनाएको छ ।

यदि कहीँ कतैबाट पनि समस्या समाधान हुन नसके संघलाई खबर गर्न अनुरोध गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ५६ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती