कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह  « Khabarhub

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह 


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार विदेश आउँदा चर्को ब्याजमा ऋण लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, नेपाल फर्किन चाहे पनि सहजै फर्किन नसक्ने, कम्पनी, म्यानपावर, एजेन्ट, वैदेशिक रोजगार विभाग लगायतका निकायहरूमा आफ्नो कुरा राखे सुनुवाइ हुँदैन ।

‘नेपाल फर्कन नसक्ने अवस्थामा अधिकांश नेपालीहरू भागेर काम गरिरहेका सर्बबिद्दितै छ । तर भागेर काम गर्नु साउदीमा गैर कानुनी रहेको र यहाँ रहँदा कुनै पनि व्यक्तिगत समस्याहरू आउँदा कहीँ कतै (चाहे कम्पनीबाट होस् या त नेपाल सरकारबाट होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भागेर काम नगर्न सबैमा अनुरोध गर्दछौँ, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भागेर काम गर्नुपर्ने बाध्यता भए पनि विदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अवलम्बन नगर्न, जस्तो सुकै समस्या परे पनि त्यसलाई सामना गर्न धैर्य गर्ने र आफूलाई परेको समस्या सम्बन्धित निकायहरूमा जानकारी गराई पहल अनुरोध गर्ने गर्नु नै उचित हुने सङ्घले जनाएको छ ।

यदि कहीँ कतैबाट पनि समस्या समाधान हुन नसके संघलाई खबर गर्न अनुरोध गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ५६ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै