अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता « Khabarhub

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो ।

कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रबार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो ।

उक्त जग्गा नापी कार्यालयका प्राविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । साँध सिमानामा रहेका छ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ । नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बालउद्यानसँगै कालीपुल बसपार्कमा पुग्ने पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष बराइलीले जानकारी दिए ।

‘यस आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजन गरिएको रु चार लाखबाट सार्वजनिक जग्गा घेराबार गर्नेछौँ, जग्गा संरक्षणसँगै थप बजेटको व्यवस्था गरेर बालउद्यान निर्माण गर्ने योजना छ’, उनले भने । सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनीतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिले अटेरी गरिरहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ५३ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर