सडकको गुणस्तरमा सम्झौता नगर्न श्रममन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

सडकको गुणस्तरमा सम्झौता नगर्न श्रममन्त्री श्रेष्ठको निर्देशन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार अवलोकन गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिए।

उनले भने, ‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।’

श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्रे, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ । सडक डिभिजन र सहरी विकास विकास मन्त्रालयमार्फत पाँच करोड रुपैयाँको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट रु दुई करोड र सहरी विकास मन्त्रालयबाट रु तीन करोड विनियोजन भएको थियो । उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : १६ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको