इन्टर शीर्षस्थानमा उक्लियो « Khabarhub

इन्टर शीर्षस्थानमा उक्लियो


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लौटारो मार्टिनेजको ह्याट्रिकसंगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो ५०औं गोल हो ।

२७ खेलबाट इन्टरको ५८ अंक छ । समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ । चौथो स्थानको युभेन्टसको ५० र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक छ ।

२२औं मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोलेका थिए । ४०औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । ५६औं मिनेटम मार्टिनेजले इन्टरका लागि ह्याट्रिक पूरा गरेका थिए । त्यसको आठ मिनेटपछि इडेन जेकोले इन्टरका लागि चौथो गोल गरे ।

६९औं मिनेटमा जेकोले गरेको गोलमा इन्टर सानदार जित पक्का गर्दै शीर्ष स्थानमा फर्किएको हो । इन्टरले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो खेलमा लिभरपुलको सामना गर्दैछ । पहिलो लेगमा इन्टरले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ५४ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम