जाह्नवी जन्मदिन मनाउँदै, आमा श्रीदेवी यस्तो चाहन्थिइन् « Khabarhub

जाह्नवी जन्मदिन मनाउँदै, आमा श्रीदेवी यस्तो चाहन्थिइन्


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री जाह्नवी कपूर भोलि (मार्च ६) मा आफ्नो जन्मदिन मनाउँदैछिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् ।

सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन्। जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिइन् । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन् ।

जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहन्थिइन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।

तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : २० बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो