पाकिस्तानको पेशावर शहरमा भएको ‘भयानक हमलाको’ राष्ट्रसंघद्वारा निन्दा « Khabarhub

पाकिस्तानको पेशावर शहरमा भएको ‘भयानक हमलाको’ राष्ट्रसंघद्वारा निन्दा


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

‘प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ।’ उनले भनेका छन्।

शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले शुरुमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए।

यद्यपि, पछि सार्वजनिक गरिएको सीसीटीभी फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ।

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रबार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ जुन यसले शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो।

उक्त आक्रमण स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो । पेशावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने र साम्प्रदायिक संगठनहरूको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १० : ०३ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट