नेपाली राष्ट्रिय क्रिकेट श्रीलंका प्रस्थान, ४ अभ्यास खेल खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट श्रीलंका प्रस्थान, ४ अभ्यास खेल खेल्ने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लीग–टु अन्तर्गत यूएईमा हुने एक दिवसीय त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको जनाएको छ ।

त्यहाँ रहँदा नेपालले पहिलो श्रेणीका क्बसँग ४ वटा अभ्यास खेल खेल्ने छ । नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग खेल्नेछ ।

नेपाली टोली श्रीलंकाबाटै फागुन ३० गते (मार्च १४ ) यूएई जाने तालिका छ। नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब, भिम शार्की छन्।

त्यस्तै ६ जनाको अफिसियल टोली पनि सँगै उडेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : २५ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र