दश्रो चरणको शान्तिवार्ताको संयुक्त राष्ट्रसंघद्वारा स्वागत « Khabarhub

दश्रो चरणको शान्तिवार्ताको संयुक्त राष्ट्रसंघद्वारा स्वागत


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्र संघले रुस – युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।

हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा गरिएको सम्झौताको स्वागत गर्दैछौँ’ संयुक्त राष्ट्रसंघकी राजनीतिक मामिला उपमहासचिव रोजमेरी डिकार्लोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको विषय स्वागतयोग्य रहेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘हामी आशा गर्छौ यो सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धविराममा छिट्टै सहमति हुनेछ ।’

दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए।

रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : २० बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका