कांग्रेसको महोत्तरी अधिवेशन : दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति « Khabarhub

कांग्रेसको महोत्तरी अधिवेशन : दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमति जुटेको छ ।

चुनावी प्रतिस्पर्धावाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ ।

पहिलो चरणको निर्वाचनको मत परिणामवाट बजरङ्ग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।

कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो ।

दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलार्इ समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहेको पूर्व जिल्ला सभपति महेन्द्र राय यादवले जानकारी दिए ।

निर्वाचन अधिकृत र्इन्द्र अधिकारीले भने यो आधिकारिक नभएको बताएका छन् । ‘नेताहरुको अनुसार यस्तै सुनिएको छ म दुवै उम्मेदवारलाई भेट्न जाँदैछु हो रहेछ भने हामी सहमतिमा प्रकृयाअनुसार घोषणा गर्नेछौ ।’ अधिकृत अधिकारीले भने ।

दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको आरोप छ ।

तीन जना उम्मेदवार मध्य पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १०११, सुशिल यादवले ७७९ र बजरङ्ग नेपालीले ३०६ मत ल्याएका थिए ।

तर कांग्रेसभित्रका केही नेताहरुले भने नागेश्वर यादव निर्वाचित भएको घोषणा मात्र गर्न बाँकी रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : ०५ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध