सूचना प्रविधिमा छात्रवृत्ति प्रदान गर्न नगरपालिका र फाउण्डेनबीच सम्झौता « Khabarhub

सूचना प्रविधिमा छात्रवृत्ति प्रदान गर्न नगरपालिका र फाउण्डेनबीच सम्झौता


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिका र लर्ड बुद्ध ऐजुकेशन फाउण्डेशनबीच नगरपालिकाका विद्यार्थीलाई दक्ष प्राविधिक बनाउन पूर्ण छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकामा नगर प्रमुख सोमप्रसाद मिश्र र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले सम्झौतापत्रमा हस्ताक्षर गरी कम्तीमा पाँच वर्षका लागि र आवश्यकता अनुसार सम्झौता थप गर्दै लैजाने शर्तसहितको सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सम्झौता अनुसार अब एशियन प्यासिफिक युनिभर्सिटीको बीएसस्सी सूचना प्रविधि विषयको प्रत्येक नयाँ शैक्षिक सत्रमा नगरपालिकाबाट छनोटमा परेका कम्तीमा तीन विद्यार्थीलाई पूर्ण, कम्तीमा चार विद्यार्थीलाई ५० प्रतिशत र कम्तीमा पाँच विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने सहमति भएको नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिए।

नगरपालिकाले आफ्नो नगर क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्न, स्वदेशमा उत्पादित दक्ष जनशक्तिलाई स्थानीय सेवामा पहुँच पु-याउन र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्न समझदारी गरिएको नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए।

नेपालको शैक्षिक क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा स्थापित फाउण्डेशनले सञ्चालन गरिरहेको एलबीइएफ क्याम्पस नेपालको पहिलो सूचना प्रविधि कलेज भएको र शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरी विगत २३ वर्षदेखि नेपालको विभिन्न स्थानमा, विभिन्न विश्व विद्यालयको सम्बनधमा स्नातक एवं स्नातकोत्तर तहको विषयको अध्यापन गराउदैँ आएको फाउण्डेशनका अध्यक्ष जालनले बताए।

नगरपालिका र कलेजबीचको समझदारीसँगै नगरपालिकाको समन्वयमा नगरपालिका क्षेत्र एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीलाई हरेक आर्थिक वर्ष कम्तीमा एक सीप विकास तथा क्षमता अभिवृद्धि तालिममासमेत सहभागी गराउँदै उक्त कलेजमा पठाइने भएको छ ।

प्रत्येक शैक्षिक सत्रमा नगरपालिकाले कलेजबाट मनोनयन भई आएका पाँचजना सूचना प्रविधि सङ्कायमा न्यूनत्तम ५औँ सेमेष्टर अध्ययन गरिसकेका विद्यार्थीलाई सूचना प्रविधिको स्वयंसेवीको रुपमा प्रशिक्षार्थी कार्यक्रममा सहभागी गराउने छ । कलेजले नगरपालिकाको साझेदारीमा नगरक्षेत्रमा रहेका बेरोजगार शिक्षित युवालाई निश्चित् मापदण्ड आधारमा कम्तीमा ५० जना युवा एवं विद्यार्थीका लागि आवश्यकता अनुसार विभिन्न क्षमता अभिवृद्धि एवं प्राविधिक सीप विकास तालिम सञ्चालन गर्नेछ । तालिमको सहभागी मनोनयन नगरपालिकाले गर्नेछ ।

चाँगुनारायण नगरपालिकामा धेरै भन्दा धेरै सूचना प्रविधिका दक्ष जनशक्ती उत्पादन गर्ने, उत्पादित दक्ष जनशक्तिलाई डिजिटल चाँगुनारायणको रुपान्तरणमा परिचालन गरी डिजिटल चाँगुनारायणको लक्ष्य हासिल गर्ने योजना रहेको नगर प्रमुख मिश्रले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : ३६ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज