शेन वार्नको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने « Khabarhub

शेन वार्नको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वका चर्चित स्पिनर शेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका हुन् । 

५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताए । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’ उनले भने । 

वार्नलाई सम्झिँदै मोरिसनले भने वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक हुन्  । 

यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ ।

शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो । भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए ।

 वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ ।

टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा रहेका बलर वार्नले उनीभन्दा अगाडि सात सय विकेट पूरा गरेका थिए । बलिङको यो उच्च शिखर छुने उनी विश्वकै पहिलो बलर पनि हुन् ।

 वार्नले टेस्ट क्रिकेटमा तीन हजार एक सय ५४ रन बनाएका छन् । जुन कुनै पनि ब्याट्सम्यानले शतकविना नै सर्वाधिक रन बनाउने विश्व कीर्तिमान हो । वार्नले टेस्ट क्रिकेटमा १२ अर्धशतक बनाए तर उनको उच्चतम स्कोर ९९ रन मात्र रह्यो ।

वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  २ : १५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग