मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै « Khabarhub

मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफैं हुन् । उनको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

नगरपालिकाले यहाँका थारु महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने बिषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरेकी छिन् । उनी आजकाल दिनभरी खेतबारीमै हुन्छिन् । उनले खेतमा खर्बुजा र तरकारी फलाएकी छिन् । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उनले भनिन् ।

नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ ।

हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी छिन् । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारु समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरु स्वरोजगार र सीपयुक्त भएका छन् ।

हेमलता जस्तैं २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामुहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

दुई कोठे साझा सुविधा केन्द्रमा थारु समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफैं स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी ब्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भुमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भने । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सिपमुलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने बिषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरुक बनाएको नगरप्रमुख विदुर कार्की बताउँछन् । गरिबी उन्मुलनमा नगरपालिका औपचारिक रुपमा लागेको उनलको भनाई छ ।

नगरपालिकाले नगर भरिका करिब २४ सय घरपरिवारलाई गरिबीको रुपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मुलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताए ।

गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  २ : ४८ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन