सिरियामा दुई तक्मा पाउने रुसी मेजर जनरल युक्रेनमा मारिए « Khabarhub

सिरियामा दुई तक्मा पाउने रुसी मेजर जनरल युक्रेनमा मारिए


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजका वरिष्ठ सैनिक अधिकारी मारिएका छन् । युक्रेनी पक्षले जारी युद्धमा संलग्न रुसी सेनाका मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको हो ।

४७ वर्षे मेजर जनरलको कुन र कस्तो अवस्थामा ज्यान गएको हो भन्नेबारे केही स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले पनि उनको ज्यान गएको पुष्टि गरेको छ । रुसी सरकार निकट मानिने प्राभ्दा पत्रिकाले ‘युक्रेनमा विशेष सैनिक कारवाही’ का क्रममा उनको मृत्यु भएको जनाएको छ ।

रुसको तास समाचार संस्थाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई सेन्ट्रल मिलिटरी डिष्ट्रिक्ट अन्तर्गतको ४१ औँ कम्बाइन्ड आर्म्स आर्मीको सहायक कमाण्डर नियुक्त गरेका थिए । यसबाहेक उनले सातौ एअरबोन डिभिजनको प्रमुखका रुपमा सिरियामा पनि सेवा दिइसकेको जनाइएको छ ।

सिरियामा राष्ट्रपति बसर अल असदलाई सैन्य सहयोग गर्न तैनाथ रुसी टुकडीमा सेवा गर्दा बहादुरीको सम्मान गर्दै उनलाई दुई तक्मा पनि प्रदान गरिएको थियो । युक्रेन युद्धमा मरिने उनी सबैभन्दा वरिष्ठ रुसी सैनिक अधिकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  २ : ५५ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र