दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ « Khabarhub

दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार नेपाल इन्जिनियर्स एसोसियसनले चितवनमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दुई वर्षपछि भारतबाट बिजुली खरिद गर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

नेपालमा पर्याप्त विद्युत् उत्पादन हुने र सुक्खायाममा पनि आयात गर्नु नपर्ने उनको दाबी छ ।

घिसिङले दुई वर्षमा करिब दुई हजार मेगावाट बिजुली उत्पादन बढ्ने भन्दै देशभित्रको मागलाई सहजै पूरा गर्ने पनि बताए । अझ् वर्षात्का बेला मागभन्दा ६० प्रतिशत बढी बिजुली उत्पादन हुने पनि उनले बताए ।

अतिरिक्त उत्पादन भारत सरकार खरिद गर्न सहमत भएको पनि घिसिङले जानकारी दिए ।

हाल भारतबाट करिब ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ४९ बजे

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय