दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ « Khabarhub

दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार नेपाल इन्जिनियर्स एसोसियसनले चितवनमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दुई वर्षपछि भारतबाट बिजुली खरिद गर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

नेपालमा पर्याप्त विद्युत् उत्पादन हुने र सुक्खायाममा पनि आयात गर्नु नपर्ने उनको दाबी छ ।

घिसिङले दुई वर्षमा करिब दुई हजार मेगावाट बिजुली उत्पादन बढ्ने भन्दै देशभित्रको मागलाई सहजै पूरा गर्ने पनि बताए । अझ् वर्षात्का बेला मागभन्दा ६० प्रतिशत बढी बिजुली उत्पादन हुने पनि उनले बताए ।

अतिरिक्त उत्पादन भारत सरकार खरिद गर्न सहमत भएको पनि घिसिङले जानकारी दिए ।

हाल भारतबाट करिब ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ४९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी