पुटिनलाई सिध्याउनुपर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसको असहमती « Khabarhub

पुटिनलाई सिध्याउनुपर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसको असहमती


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसले असहमती जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले नियमित पत्रकार सम्मेलनका क्रममा पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटर लिन्जी ग्राहमको धारणामा असहमती जनाएकी हुन् ।

पुटिनको हत्या गर्नुपर्ने अमेरिकी सरकारको वा वर्तमान प्रशासनमा काम गर्ने कसैको पनि धारणा नरहेको उनको भनाइ छ । विवादस्पद अभिव्यक्ति दिएपछि साउथ क्यारोलाइना राज्यका सिनेटर ग्राहमको अहिले अमेरिकाका रिपब्लिकन र डेमोक्र्याट दुबै पार्टीका नेताहरुले ‘गैर जिम्मेवार’ भन्दै आलोचना गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ग्राहमले रुसी सैनिक अधिकारीहरुतर्फ लक्षित गरी ट्विट गर्दै पुटिनलाई सिध्याउनुपर्ने वक्तव्य दिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ०३ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका