युद्धविराम घोषित युक्रेनी शहरमा गोलाबारी रोकिएन, उद्धारको काम स्थगित « Khabarhub

युद्धविराम घोषित युक्रेनी शहरमा गोलाबारी रोकिएन, उद्धारको काम स्थगित


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युद्धविराम घोषित युक्रेनी शहरमा रुसी बमबारीका घटनामा कमी नआएको युक्रेनले आरोप लगाएको छ । दोश्रो चरणको वार्ताका क्रममा युद्धविराम घोषणा गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सहमति भएपनि रुसी पक्षले गोलाबारीलाई निरन्तरता दिएको युक्रेनी पक्षको आरोप छ ।

यसअघि बेलारुसमा रुस र युक्रेनबीच भएको दोश्रो चरणको वार्ताका क्रममा युक्रेनको मारिउपोल शहरमा हिंसा रोकेर सर्वसाधारणको उद्धार गर्ने सहमति भएको थियो ।

यद्यपि रुसी पक्षबाट हिंसा नरोकिएका कारण त्यहाँबाट मानिसहरुलाई सार्ने काम पनि स्थगित गरिएको स्थानीय उपमेयर शेर्ही ओर्लोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसी फौजले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने बाटोलाई नै लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

‘त्यहाँ जान सुरक्षित छैन’ बीबीसीलाई दिएको अन्तरवार्तामा उपमेयरले जनाएका छन् ।

हाल मारिउपोल शहरमा हरेक तीन देखि पाँच मिनेटको अन्तरालमा रुसी आक्रमणबाट भएको विष्फोटको आवाज आइरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने