डुब्न लागेको भोडाफोन उकास्न १ खर्ब ४५ अर्ब भारु लगानी जुटाइने | Khabarhub Khabarhub

डुब्न लागेको भोडाफोन उकास्न १ खर्ब ४५ अर्ब भारु लगानी जुटाइने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक संकटसँग जुझिरहेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले कम्पनीलाई जोगाउने योजना स्वीकृत गरेको छ । कम्पनीको बोर्ड बैठकले कम्पनीलाई जोगाउनका लागि कूल १ खर्ब ४५ अर्ब भारतीय रुपैयाँ संकलन गर्ने योजना पारित गरेको हो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कम्पनीले ऋण र इक्विटीको निष्कासनबाट १ खर्ब भारतीय रुपैयाँ जुटाउनेछ । त्यस्तै, बेलायतस्थित भोडाफोन कम्पनी र भारतको बिरला समूहले कम्पनीमा ४५ अर्ब भारु लगानी गर्ने निर्णय भएको छ ।

कम्पनी बोर्डले कम्पनी उकास्न पुँजी जुटाउने निर्णय गरेपछि मुम्बईस्थित बम्बे स्टक एक्सचेन्जमा कम्पनीको शेयर पनि बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बोर्डको यो निर्णय पारित गर्न आगामी मार्च २६ मा कम्पनीको विशेष साधारणसभा पनि डाकिएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ३३ बजे

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग