राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिम लिन केन्या प्रस्थान « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिम लिन केन्या प्रस्थान


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिमका लागि केन्या प्रस्थान गरेका छन् ।

केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश राई र इलेक्ट्रोनिक इन्जिनियर महिप के.सी. केन्याको नाइरोबीतर्फ गएका हुन् ।

उनीहरूले त्यहाँ भेन्टिलेटर र एनेस्थेसिया मेसिनको तालिम लिने छन् ।

तालिम Gradian Health System भन्ने संस्थाले आयोजना गरेको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन् ।

कोरोनाको महामारीमा यो संस्थाले केन्द्रलाई ५३ वटा भेन्टिलेटर दान गरेको थियो । ती भेन्टिलेटर १० वटा अस्पताललाई ५–५ वटाको दरले वितरण गरिएको थियो । ३ वटा भने जगेडा राखिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : २१ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन