सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं: उपाध्यक्ष शर्मा « Khabarhub

सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं: उपाध्यक्ष शर्मा


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन्।

संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताए।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन्।

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्विकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्विकार गर्नु पर्ने स्थिति आएको बताए।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन्।

शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ४७ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय