कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुबै देशका महत्वपूर्ण सम्पदाहरू समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री « Khabarhub

कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुबै देशका महत्वपूर्ण सम्पदाहरू समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको सिटी ग्रुप कम्पनीको बसमा दुई देशबीच रही आएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरसम्म प्रतिविम्वी गर्न सन्देश मुलक सामग्री सार्वजनिक गरिएको छ ।

नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वर्षका सन्दर्भमा त्यहाँस्थित नेपाली दूतावासको तत्वावधान तथा सिटी ग्रुप कम्पनीको सहयोगमा कम्पनीका केही बसहरू मार्फत दुई मुलुक बीच रही आएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरमा समेत प्रतिविम्वित गराउने उद्देश्यले सन्देश मुलक सामग्री सार्वजनिक गरिएको हो ।

दुबै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको एक सन्देश मुलक सामग्री सोमबार एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको दूतावासले जनाएको छ । उक्त सामग्री कम्पनीका बसहरूका पृष्ठ भागमा अंकित गरिएको छ ।

कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारी र सिटी ग्रुप कम्पनीका प्रमुख कार्यकारी अधिकृत धीरज भारद्वाज  रिवन काटी दृश्य सामग्री सार्वजनिक गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले नेपाल र कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ एवं विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

उनले यो विशेष अवसरमा दूतावासको अनुरोधलाई सहर्ष स्वीकार गरी पुर्‍याएको सहयोगका लागि सिटी ग्रुप कम्पनीका व्यवस्थापनलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. भारद्वाजले पनि यो विशेष अवसरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए । नेपाल र कुवेत बीच सन् १९७२ मा स्थापना भएको कूटनीतिक सम्बन्ध सन् २०२२ मा ५० वर्ष पुरा हुँदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ४० बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु