पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय « Khabarhub

पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले  पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिमा गठबन्धन आबद्ध पाँचै दलबाट प्रतिनिधिहरू रहने छन्। समिति सदस्यहरूमा कांग्रेसको तर्फबाट गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीको तर्फबाट नेताद्वय वर्षमान पुन र देवप्रसाद गुरूङ, एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्। 

आगामी स्थानीय चुनावको रणनीति बनाउँन गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायत नेता सहभागी बैठकले चुनावमा गठबन्धन दलहरूबीचको तालमेल र भागबन्डा व्यवस्थित बनाउन पौडेलको नेतृत्वमा समिति गठन गरेको हो। 

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। बैठकले नेपालको अर्थतन्त्रको समस्याको समाधानका लागि राजनीतिक दल तथा अर्थविद्हरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ४९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर