पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय « Khabarhub

पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले  पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिमा गठबन्धन आबद्ध पाँचै दलबाट प्रतिनिधिहरू रहने छन्। समिति सदस्यहरूमा कांग्रेसको तर्फबाट गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीको तर्फबाट नेताद्वय वर्षमान पुन र देवप्रसाद गुरूङ, एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्। 

आगामी स्थानीय चुनावको रणनीति बनाउँन गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायत नेता सहभागी बैठकले चुनावमा गठबन्धन दलहरूबीचको तालमेल र भागबन्डा व्यवस्थित बनाउन पौडेलको नेतृत्वमा समिति गठन गरेको हो। 

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। बैठकले नेपालको अर्थतन्त्रको समस्याको समाधानका लागि राजनीतिक दल तथा अर्थविद्हरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ४९ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान