चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा  « Khabarhub

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा 


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक गोल गरे ।

सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७ औँ मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७ औँ मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३-० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औँ मिनेटमा एक गोल फर्काए ।

खेल सकिन नौ‌ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५-१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ । जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी)भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ ।

आरसीटी र सरस्वती ए डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका