हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने « Khabarhub

हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको सात महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार अहिले सम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलर सम्म पठाउन मिल्ने व्यवस्था रहेकोमा अहिले भने यो सिमा बढेर एक लाख डलर सम्म पठाउन मिल्ने भएको छ। प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागु हुनेछ।

हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रो पात्रोको विश्वास छ।

“तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ जस अन्तर्गत रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैंसा जम्मा हुनेछ ”- हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले बताए।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै