रुसी फौजले पूर्वी युक्रेनमा आक्रमणलाई चर्काउनसक्ने अमेरिकाको चेतावनी « Khabarhub

रुसी फौजले पूर्वी युक्रेनमा आक्रमणलाई चर्काउनसक्ने अमेरिकाको चेतावनी


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रुसी फौजले युक्रेनमाथिको आक्रमणलाई चर्काउनसक्ने चेतावनी दिएको छ । दुई सातायता सुस्ताएको रुसी आक्रमणले चाँडै तीव्रता पाउने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेइभानले जनाएका हुन् ।

‘जब रुसले युद्ध थालेको थियो, उनीहरुको प्रारम्भिक लक्ष्य राजधानी किभलाई कब्जा गर्नु, जेलेन्स्की सरकार विस्थापन गर्नु र युक्रेनका सबै नभएपनि कम्तीमा अधिकांश भूभागमा नियन्त्रण जमाउनु थियो ।’ सुलेइभानलाई उद्धृत गर्दै अमेरिकाको टेलिभिजन च्यानल सीएनबीसीको अनलाइ संस्करणले जनाएको छ, ‘तुरुन्तै र कुशलतपूर्वक यी उद्देश्य पूरा भइहाल्ने रुसी विश्वास थियो ।’

दुई साताको सुस्तापछि अहिले भने रुसले युद्धको लक्ष्यबारे पुनर्विचार गरिरहेको उनको भनाइ छ । ‘पूर्वी युक्रेन र युक्रेनका दक्षिणी भागमा आक्रमणलाई केन्द्रित गर्न रुसी फौज पुनवर्गीकरणको अवस्थामा छन् ।’

‘सबै संकेतले पूर्वी युक्रेनमा युक्रेनी फौजलाई घेराबन्दीमा पार्ने र पराजित गर्नतर्फ रुसको ध्यान केन्द्रित रहेको देखाउँछन् ।’ उनले भने, ‘उत्तरी युक्रेनबाट रुसी कमाण्डरहरुले फौजलाई डोनबास आसपासका क्षेत्रमा तैनाथ गरिरहेको हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : १४ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने