रुसी फौजले पूर्वी युक्रेनमा आक्रमणलाई चर्काउनसक्ने अमेरिकाको चेतावनी « Khabarhub

रुसी फौजले पूर्वी युक्रेनमा आक्रमणलाई चर्काउनसक्ने अमेरिकाको चेतावनी


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रुसी फौजले युक्रेनमाथिको आक्रमणलाई चर्काउनसक्ने चेतावनी दिएको छ । दुई सातायता सुस्ताएको रुसी आक्रमणले चाँडै तीव्रता पाउने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेइभानले जनाएका हुन् ।

‘जब रुसले युद्ध थालेको थियो, उनीहरुको प्रारम्भिक लक्ष्य राजधानी किभलाई कब्जा गर्नु, जेलेन्स्की सरकार विस्थापन गर्नु र युक्रेनका सबै नभएपनि कम्तीमा अधिकांश भूभागमा नियन्त्रण जमाउनु थियो ।’ सुलेइभानलाई उद्धृत गर्दै अमेरिकाको टेलिभिजन च्यानल सीएनबीसीको अनलाइ संस्करणले जनाएको छ, ‘तुरुन्तै र कुशलतपूर्वक यी उद्देश्य पूरा भइहाल्ने रुसी विश्वास थियो ।’

दुई साताको सुस्तापछि अहिले भने रुसले युद्धको लक्ष्यबारे पुनर्विचार गरिरहेको उनको भनाइ छ । ‘पूर्वी युक्रेन र युक्रेनका दक्षिणी भागमा आक्रमणलाई केन्द्रित गर्न रुसी फौज पुनवर्गीकरणको अवस्थामा छन् ।’

‘सबै संकेतले पूर्वी युक्रेनमा युक्रेनी फौजलाई घेराबन्दीमा पार्ने र पराजित गर्नतर्फ रुसको ध्यान केन्द्रित रहेको देखाउँछन् ।’ उनले भने, ‘उत्तरी युक्रेनबाट रुसी कमाण्डरहरुले फौजलाई डोनबास आसपासका क्षेत्रमा तैनाथ गरिरहेको हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : १४ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स