उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या « Khabarhub

उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।

घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  २ : ४५ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र