राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता « Khabarhub

स्थानीय तह निर्वाचन

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न/गराउन प्रतिबद्ध छौँ ।’

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखतसमेत गरेका छन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीका लागि आयोगले तदारुकताका साथ काम गरिरहेको जानकारी दिँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भ निर्णय गर्नुअघि दलहरुबाट पूर्णपालनाको प्रतिबद्धता होस् भन्ने उद्देश्यले आमन्त्रण गरिएको बताए।

दुई वर्षअघि देखि नै राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारबाला पक्षसँग छलफल र परामर्शका आधारमा आचारसंहिता तयार गरिएको बताउँदै उनले भने, “सबैको परामर्शमा आयोगले तयार गरेको आचारसंहितामा निर्वाचनमा सहभागी राजनीतिक दलबाट पूर्ण पालनाको प्रतिबद्धता होस् ।”

निर्वाचन आयुक्त रामप्रसाद थपलियाले निर्वाचनमा सहभागी हुने राजनीतिक दलबाट आचारसंहिता पालनाको सन्देश तल्लो तहसँग जाओस् भन्ने हेतुले प्रतिबद्धताका लागि अनुरोध गरिएको बताए।

प्रतिबद्ध पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसाल, नेकपा (एमाले)का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका पार्टी नेता तथा प्रतिनिधिले प्रतिबद्धता पत्रमा दस्तखत गरे।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : २० बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)