राप्रपाले २५ चैतमा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने « Khabarhub

राप्रपाले २५ चैतमा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले २५ चैतमा भने काठमाडौँमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ ।

पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौँमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भ्रातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीको बारे समीक्षा गरेको छ ।

बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौँमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराए । देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले ९ वैशाख सम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौँ जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारी बारे बैठकलाई अवगत गराएका थिए ।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले २५ चैतमा काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको हो ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तीव्रता दिइएको श्रेष्ठले बताएका छन् ।

काठमाडौँमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन हुने कार्यक्रम रहेको पनि आमसभाका लागि गठित प्रचार समितिका संयोजक प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ४१ बजे

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब