होहल्लापछि निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : एमाले  « Khabarhub

स्थानीय तह निर्वाचन

होहल्लापछि निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : एमाले 


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिता प्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो ।

तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने ।

आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए । 

‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर गरेन,’ उनले भने, ‘शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु ।’ 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ०९ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट