एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई परामर्श « Khabarhub

एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई परामर्श


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– एभरेष्ट इङलिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ । शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् ।

आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व, त्यसको मूल्य मान्यताबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

ओरेन्टेशन प्रोग्राम अन एसईई प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए ।

उनले एसईईको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए । कार्यक्रममा स्कुलबाट एसईई दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ५४ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु