निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री « Khabarhub

निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर) का रूपमा विकास गरिने बताएकी छन् ।

काठमाडौँ उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।

मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने बताइन् । उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्नसमेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

साना–साना खुद्रे योजनामा बजेट छुट्याउन नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् ।

नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने बताइन् ।

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९र८० का लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । यद्यपि यी मन्त्रालयलाई हाल ७४ अर्बको बजेट आवश्यक रहेको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : २४ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५