राखेपका तत्कालीन सदस्य सचिव सिलवालको रिट खारेज « Khabarhub

राखेपका तत्कालीन सदस्य सचिव सिलवालको रिट खारेज


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलासले बर्खास्तीमा परेका सदस्य सचिव सिलवालको रिट सर्वोच्चले खारेज गरेको हो ।

कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो ।

यो पदमा मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई नियुक्त गरिएको थियो ।

अदालतको यो फैसलासँगै घिसिङलाई सदस्य सचिवका रूपमा काम गर्न बाटो खुलेको छ ।

सरकारको निर्णयविरुद्ध सिलवाल कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सिलवाललाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २४ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका